प्रहरी अनुसन्धानका क्रममा आलमले पोलिग्राफ टेस्ट गर्न मानेनन्

बम विस्फोटका घाइतेहरूलाई जीउँदै इँटाभट्टामा जलाएर मारेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री तथा सांसद मोहम्मद अफताब आलमले प्रहरी अनुसन्धानका क्रममा पोलिग्राफ टेस्ट गर्न नमानेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

घटनाको अनुसन्धानका क्रममा आलमले झूठ बोले÷नबोलेको पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय रौतहटले पोलिग्राफ टेस्ट गर्ने तयारी गरेको थियो । तर आलमले नमानेको प्रहरीको भनाइ छ ।
अनुसन्धानका क्रममा आवश्यकता अनुसार आलमको पोलिग्राफ टेस्ट गर्न खोजेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नबिन
कार्कीले बताए । सोधपुछ तथा अनुसन्धानका क्रममा आरोपित व्यक्तिले झुठ बोले÷नबोलेको पता लगाउन पोलिग्राफमार्फत शारीरिक प्रतिक्रिया परीक्षण गर्ने गरिन्छ । आलमले पोलिग्राफ टेष्ट गर्न नमानेको व्यहोरा उल्लेख गरी सरकारी वकिलको कार्यालयमा कागजात पेश गरिने उनले बताए । राजधानी दैनिकमा खबर छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?