महराले दिए यस्तो बयान

निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको बलात्कार प्रयासको आरोप इन्कार गरेका छन् ।
सरकारी वकिलको उपस्थितिमा आइतबार प्रहरीले लिएको बयानमा उनले कसुर इन्कार गरेपनि त्यस क्रममा पेस गरेको केही तथ्य भने स्वीकारेको स्रोतले बताएको छ ।
‘उहाँमाथि जे आरोप थियो, त्यसमा त अस्वीकार गर्नुभयो’, स्रोतले भन्यो, ‘त्यस क्रममा पेस भएका कतिपय तथ्य भने उहाँले स्वीकार गर्नुभएको छ।’
प्रहरीले अनुसन्धानबाट केही प्रमाण भेटेर सोध्नुपरेको अवस्थामा बाहेक अब थप बयान लिनुनपर्ने निष्कर्षसमेत निकालेको छ । प्रहरीले अनुसन्धान सकिएपछि सरकारी वकीलको कार्यालयमा प्रतिवेदन बुझाउने छ । यो खबर कान्तिपुर दैनिकमा छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?