४ कार्तिक २०७६, सोमबार ०७:२६

ओलीको अभिव्यक्तिपछि प्रचण्डसँग दूरी बढ्यो


प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार ०७:२६

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू लक्षित अभिव्यक्ति दिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार दिउँसो सिन्धुपाल्चोकको झुले उक्लिए ।

परिवारका सदस्य, निजी सचिवालय, सुरक्षाकर्मीसहित झुले गएका दाहालसँग नेकपा स्थायी समिति सदस्य अग्नि सापकोटा पनि थिए ।

शनिबार मध्याह्नदेखि आइतबार बिहानसम्म उतै बसेका अध्यक्ष दाहाल फर्किएपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे, करिब २ घण्टा त्यहीँ अलमलिए ।

ओलीले पुराना सहमति कार्यान्वयनमा चासो नदेखाएको निष्कर्ष निकालेका दाहालको आइतबारको भेट पनि त्यही विषयमै केन्द्रित थियो ।

स्रोतका अनुसार ‘मिलिनियम चालेन्ज कर्पोरेसन ‘एमसीसी’ को परियोजनासम्बन्धी सम्झौतालाई संसद्बाट अनुमोदन गराउन तत्कालीन सभामुख महराले असहयोग गरेको भन्ने ओलीको अभिव्यक्तिप्रति पनि दाहाल सन्तुष्ट छैनन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
सीमास्तम्भको सम्पूर्ण तथ्याङ्कसहितको डिजिटल डाटाबेस तयार

काठमाडौँ । नेपाल र भारतको सीमा निर्धारणका लागि गाडिएका सीमास्तम्भको अद्यावधिक नापी विभागसँग

ओली-प्रचण्ड : एउटै विमानका दुई पालटबीच यस्तो अविश्वास !

काठमाडौं । एक समय एकअर्काका कटु आलोचक बनेका केपी शर्मा ओली र पुष्पकमल

आफताव आलमको प्रहरीसँग यस्तो भनाभन, हत्कडी लगाएर यसरी ल्याइयो काठमाडौँ

आलमः म रौतहट कारागारमै बस्छु, अन्त जान्नँ । प्रहरीः तपाईँलाई अरु नै कारागारमा

सचिवको सरुवा तथा पदस्थापन

सरकारले विभिन्न निकायमा कार्यरत केही सचिवको सरुवा गरेको छ भने एकको पदस्थापना गरेको