ललिता निवास प्रकरणः गच्छदार पनि छानबिनमा तानिए

काँग्रेस उपसभापति एवम् संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितता प्रकरणको अनुसन्धानमा तानिएका छन् ।
उक्त जग्गा जोडिएका सबैजसो व्यक्तिसँग बयान र सोधपुछपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग गच्छदारलाई समेत बोलाएर बयान लिने निष्कर्षमा पुगेको हो ।
गच्छदारले उप्रधान एवम् भौतिक योजना तथा निर्माणमन्त्री हुँदा विवादित प्रतावमाथि निर्णय गरी मन्त्रिपरिषद्मा पठाउन स्वीकृति दिएका थिए । कान्तिपुर दैनिकमा याे खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?