काठमाडौं । अदालतले पक्राउ पूर्जी जारी गरेपछि दोलखाका वीरध्वज खड्काको ज्यान मार्ने कोसिस गरेका अभियुक्त नेपाल कम्युनिष्ट पार्टीका सांसद पार्वत गुरुङ बयान दिन जिल्ला अदालतमा उपस्थित भएका छन् ।
काठमाडौंको चावाहिलमा गुरूङ्गसहितको समूहले खड्कालाई आक्रमण गरेको भन्दै सरकारी वकिल कार्यालयले गएको वैशाखमा उनी विरूद्ध मुद्दा दायर गरेको थियो। दोलखाबाट निर्वाचित सांसद गुरुङलाई काठमाडौं जिल्ला अदालतले असोज ८ गते नै पक्राउ गर्न पत्र जारी गरेको हो।
स्थानीय निर्वाचन अगाडि गौरीशंकर गाउँपालिका–२ जुँगुमा कुलबहादुर तामाङको हत्या भएको थियो जसलाई लिएर माओवादी केन्द्रका ४० जना स्थानीय नेताविरुद्ध किटानी जाहेरी परेको थियो। खड्का पनि त्यही ४० मध्यका एक थिए। पछि उनीमाथि तत्कालीन नेकपा एमालेका कार्यकर्ताले ज्यान लिने उद्देश्यले आक्रमण गरेका थिए। त्यस घटनामा सांसद गुरुङको पनि संलग्नता रहेको आशंका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया