१७ असार २०७९, शुक्रवार

६० वर्षमा पहिलो पटक महिलालाई मदिरा किन्न छुट !

२०७४,पुष,२७,बिहीवार ०८:३४

9
Shares

कोलम्बो, २७ पुस । श्रीलंकामा अब महिलाले समेत मदिरा किन्न पाउने भएका छन् । पछिल्लो ६० वर्षमा पहिलो पटक १८ वर्षभन्दा माथिका महिलालाई यो छुट दिइएको हो सरकारले महिलालाई पनि मदिरा किन्न सक्ने वातावरण बनाउनका लागि सन् १९५५ को कानुनमा परिमार्जन गर्न लागिएको जनाएको छ । सरकारले यो कानुनले महिलाई विभेद गरेकाले परिमार्जन गरिएको जनाएको छ श्रीलंकाका वित्तमन्त्री मंगला समरवीराले कानुन परिवर्तनको घोषणा गरेका हुन् । यसका साथै अब महिलाले मदिरा विक्री हुने क्षेत्रमा समेत काम गर्न पाउनेछन् यो पुरानो कानुन श्रीलंकामा कडाईका साथ लागु नभएपनि केही महिलाले यसमा गरिएको परिवर्तनको स्वागत गरेका छन् । सामाजिक सञ्जालमा पनि महिलाले सरकारको यो निर्णयको स्वागत गरेका छन् नयाँ कानुनअनुसार महिलालाई अब रेस्टुरेन्ट र बारमा काम गर्न या पिउनका लागि सरकारी स्वीकृतिको आवश्यकता पर्नेछैन केही मानिसहरुले भने यो निर्णयले महिलाहरु मदिराको लतको शिकार बन्नसक्ने भन्दै चिन्ता पनि व्यक्त गरेका छन् । श्रीलंकामा महिलाले सांस्कृतिक कारण पारम्परिक रुपमा मदिरा सेवन गदैनन् ।

प्रकाशित मिति: २०७४,पुष,२७,बिहीवार ०८:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली फोटो पत्रकारहरुको छाता संगठन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरीलाई छुटाउन आर्थिक संकलन

१ आज ६४औँ संसद दिवस, विभिन्न कार्यक्रम गरी मनाइयो, मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार । २ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन

काठमाडौं । उत्तर कोरियामा पिठोको मूल्य यस्तो चर्को ढंगले बृद्धि भइरहेको छ की केवल धनी मानिसले मात्र यसलाई किन्न सक्ने

काठमाडौं । दक्षिण कोरियामा आगामी वर्षका लागि श्रमिकको तलब ५ प्रतिशतले बढ्ने भएको छ । आगामी वर्षको न्यूनतम एक घण्टाको

ताजा समाचार

एमालेले बोलायो सचिवालय बैठक
 २०७९,असार,१७,शुक्रवार १९:५५
एक वर्षपछि मुगुमा बजार अनुगमन
 २०७९,असार,१७,शुक्रवार १८:५८
थाई स्माइलको काठमाडौं–बैंकक उडान सुरु
 २०७९,असार,१७,शुक्रवार १८:२१