उपनिर्वाचनका उम्मेदवार कात्तिक १० भित्र सिफारिस गर्न नेकपाको निर्देशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम आगामी कात्तिक १० गतेभित्र सिफारिस गर्न मातहतका पार्टी कमिटीलाई निर्देशन दिएको छ ।

नेकपाको बुधबार बिहान बसेको सचिवालय बैठकको निर्णयअनुसार प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि निर्वाचन क्षेत्रको कमिटी र जिल्ला कमिटीलाई तीन-तीन जनाको नाम कात्तिक १० गतेभित्र केन्द्रमा सिफारिस गर्न निर्देशन दिएको हो । सो सिफारिसको आधारमा अन्तिम निर्णय केन्द्रले गर्नेछ ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त जनप्रतिनिधिको पदका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?