विमानस्थलमा तोडफोड गर्ने ‘राजपा’का सांसद शाहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । जनकपुर विमानस्थलमा तोडफोड गरेका राष्ट्रिय जनता पार्टी ‘राजपा’का सांसद प्रमोद कुमार शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

शाहले सोमवार बिहान साढे ११ बजेको बुद्ध एयरको विमान २ बजेसम्म पनि नआएपछि आक्रोशित हुँदै तोडफोड गरेका थिए ।

उनीविरुद्ध जिल्ला प्रहरी धनुषामा मुद्दा दर्ता भएपछि पुर्जी जारी भएको हो ।

यसअघि बुद्ध एयर जनकपुरका इन्चार्ज विजय कुमार सिंहले प्रहरीमा उजुरी दर्ता गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?