काठमाडौं । हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निवर्तमान सांसद अफ्ताव आलममाथि थप अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ।
जिल्ला अदालत रौतहटका ५ नम्बर न्यायधिश चित्रबहादुर गुरुङको एकल इजलासले सात दिनको म्याद थप गरेको हो।
२०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको उनीमाथि आरोप लागेको छ। आलम आइतबार पक्राउ परेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया