अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु

काठमाडौं । संयुक्तराज्य अमेरिकाको ओहायोकोमा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । साथै चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्मा रहेका छन् । भने दुर्घटनामा घाइते भएकी सिर्जना विश्वकर्माको अवस्था चिन्ताजनक रहेको छ ।

उक्त दुर्घटना सनबरी रोड र मोर्स रोडको इन्टरसेक्सनमा राति १० बजे दुर्घटना भएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?