कोशी टप्पुको हात्तिमा सौराहा पुग्दा

काठमाडौं । कोशी टप्पु बन्यजन्तु आरक्षको ५ वटा माउ हात्ति चितवन राष्ट्रिय निकुञ्ज स्थित सौराहा लगिएको छ ।  कोशी टप्पुमा हाल १० वटासम्म हात्ती राख्ने क्षमता रहेको हात्तिसार रहेको छ । तर हाल आएर त्यसले हात्ति राख्नको लागी अपुग भएका कारण सौराहा सार्नुपरेको आरक्षरणका सहायक संरक्षण अधिकृत गणेश तिवारीले जानकारी दिनुभयो ।
कोशी टप्पुमा हात्ति राख्नको लागी अपुग भएपछि सौराहा सारिएको हाे । साथै हाल त्यहाँ ५ वटा माउ हात्ति र २ वटा तिनको छावा रहेका छन् ।
कोशीटप्पुबाट सौराहा सारिएको हात्ति सधैँको लागी नभएको र पछि ठाँउको व्यबस्थापन भएपछि पुनःयतै सारिनेपनि अध्यक्ष तिवारीको भनाइ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?