वडा कार्यालयमा आगजनी

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाको ५ नम्बर वडा कार्यालयमा आगजनी भएको छ । आरनडाँडामा रहेको वडा कार्यालयमा आइतबार राति अज्ञात समूहले आगजनी गरिएको वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताउनुभयो ।

वडा कार्यालयमा रहेका सबै कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । साथै घटनाको अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

वडा कार्यालय वरिपरि बस्ती नभएकाले कार्यालयमा रहेका फर्निचर, कागजपत्र, कम्प्युटरलगायत सामान जलिसकेपछि मात्रै स्थानीयले थाहा पाएका थिए । अहिले प्रहरीले थाहा नगरमा सुरक्षा व्यवस्था कडा बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?