प्रहरी महानिरीक्षक खनाल चिली प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चिलीको सान्टियागोमा असोज २८ देखि कात्तिक १ गते (१५ देखि १८ अक्टोबर, २०१९) सम्म संचालन हुने इन्टरपोलको ८८औं महासभामा सहभागी हुन आइतबार राति त्यसतर्फ प्रस्थान गरेका छन् ।
खनालसँग उक्त महासभामा सहभागी हुन प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही र प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशी समेत सहभागी छन् ।
प्रहरी महानिरीक्षक खनालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?