जापान आँधी अपडेट: मृत्यु हुनेको संख्या १८ पुग्यो , उद्धारका लागी सेना परिचालन

काठमाडौं । जापानमा ६० वर्ष यताकै शक्तिशाली मानीएकाे हगिबिस नामको आँधीका कारण कम्तिमा १८ जनाको ज्यान गइसकेको छ ।

आँधीका कारण राजधानी टोकियोको दक्षिणी भेगमा आएको बाढीका कारण जमीन भासिँदै गएको छ। साथै बाढी समेत आएको बताइएको छ।

जापानी समाचार संस्था एनएचकेका अनुसार आँधीका कारण हालसम्म कम्तीमा १३ जना हराइरहेका छन्।

नगानो प्रान्तस्थित जापानको चर्चित बुलेट रेललाई पानीले घेरेको छ भने अलपत्र परेका स्थानीयलाई हेलिकप्टरको सहायताले घरका छानाबाट उद्धार गरिएको छ।

सरकारले झण्डै सत्ताइस हजार सैनिक तथा अन्य कैयन् उद्धारकर्ताहरू पीडितलाई राहत पुर्‍याउन खटिएको जनाएको छ।

टोकियोको उत्तरतर्फ पर्ने कावागोयमा आपत्कालिन उद्दारकर्ताहरूले नर्सिङ होममा फसेका मानिसहरूको उद्धारका लागि डुङ्गाको प्रयोग गरेका छन्।

यो समाचार पढ्नुभएको थियो ? 

जापानमा शक्तिशाली आँधी : १० जनाको मृत्यु, ७० लाख मानिस विस्थापि

जापानमा आँधी : ११ जनाको मृत्यु, दर्जनौं बेपत्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?