काठमाडौँ- नेपालको दुई दिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्कनुभएको छ । विशेष विमानबाट उहाँ स्वदेश लाग्नुभएको हो । ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा शनिबार अपरान्ह भारतको चेन्नई हुँदै नेपाल आउनुभएको उहाँलाई विमानस्थलमा राष्ट्रपति, प्रधानमन्त्री, नेपाल सरकारका मन्त्रीहरुले स्वागत गर्नुभएको थियो । उहाँलाई विमानस्थलमा गार्ड अफ अनर पनि दिइएको छ। साथै विभिन्न संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको थियो । विमानस्थलबाट उहाँ सोल्टी होटलमा आराम गर्न पुग्नुभएको थियो । उहाँलाई राष्ट्रसेवक कर्मचारीले सडकमा उभिएर स्वागत गरेका थिए । दशैँको माहौल नभनी नेपाल सरकारका तर्फबाट उहाँको स्वागतका निम्ति विभिन्न सजिसजावट तथा तयारी गरीएको थियो । होटल सोल्टीमा केहिबेर बिताउनुभएका राष्ट्रपति सी समकक्षी विद्यादेवी भण्डारी सँगको भेटवार्ताका लागि शितलनिवास पुग्नुभएको थियो । त्यसपछि उहाँ सोल्टीमा फर्कनुभएको थियो । सोल्टीमा सीको सम्मानमा राष्ट्रपति भण्डारीले विशेष रात्रभोज आयोजना गर्नुभएको थियो ।
नेपालमा रहँदा राष्ट्रपति सीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेकपा सचिवालय सदस्यहरूसँग भेटवार्ता गर्नुभएको थियो ।
राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आइतबार द्वीपक्षीय हितका विभिन्न विषयमा छलफल र सम्झौता पनि भएको छ।
नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सोल्टी होटलमा आयोजित विशेष समारोहकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरि आदान प्रदान गरिएको हो ।समझदारी पत्रमा टोखा– छहरे सुरुङमार्ग निर्माण, रसुवागढी–काठमाण्डौ र तातोपानी–काठमाण्डौ सडक स्तरोन्नति, मदन भण्डारी विश्व विद्यालयलगायत विषय समेटिएका छन् ।
राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।
हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान पनि गर्नुभयो । प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधारमन्त्रीका साथै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकारसहित नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी तथा राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी, अर्थ सचिव नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत उच्च चिनियाँ अधिकारी सहभागी हुनुहुन्थ्यो ।
सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत सरकारका मन्त्रीहरुले विदाइ गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया