नेपाल र चीनबीच १८ सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच १८ वटा सम्झौतामा हस्ताक्षर भएको छ । साेल्टी हाेटलमा आयाेजित विशेष समाराेहकाबीच सम्झाैता पत्रमा हस्ताक्षर गरि आदान प्रदान गरिएकाे हाे ।

दुई दिने नेपाल भ्रमणमा आउनु भएका चिनियाँ राष्टपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बसेको उच्चस्तरीय वार्तापछि सम्झौता भएको हो ।

समझदारी पत्रमा टोखा– छहरे सुरुङमार्ग निर्माण, रसुवागढी–काठमाण्डाै र तातोपानी–काठमाण्डाै सडक स्तरोन्नति, मदन भण्डारी विश्व विद्यालयलगायत विषय समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?