तनाव कम गर्न सैन्य वार्ता गर्न उत्तर र दक्षिण कोरिया सहमत

सोल, २६ पुस । उत्तर र दक्षिण कोरिया सीमा क्षेत्रमा विद्यमान तनावलाई कम गर्नका लागि सैन्य वार्ता गर्न सहमत भएका छन् । दुई देशबीच भएको उच्च स्तरीय वार्तापछि संयुक्त विज्ञप्ती जारी गर्दै सैन्य वार्ता गर्न सहमती भएको बताएका छन् दुई वर्ष भन्दा बढी समय पछि भएको पहिलो वार्तामा आगामी महिना दक्षिण कोरियामा हुने हिउँदे ओलिम्पिकमा सहभागिता जनाउन आफ्नो टोली पठाउन पनि उत्तर कोरिया सहमत भएको छ दुई वर्ष अघि निलम्बित गरिएको दुई देशबीचको सैन्य हटलाइन सम्पर्क पुनस्र्थापित गर्ने सहमति समेत भएको छ । तर उत्तर कोरियाको परमाणु कार्यक्रमबारे छलफल गर्ने दक्षिणको आग्रहमाथि भने उसले अझै प्रतिक्रया जनाइसकेको छैन उत्तर कोरियाको टोलीमा खेलाडी, अधिकारीहरु र समर्थकहरुको एक समूह रहने छ । सोलले दुई देशले उद्घाटन समारोहमा सँगै मार्चपास गर्न प्रस्ताव गरेको छ उत्तर कोरियाका अधिकारीहरुलाई ओलिम्पिकमा आउन अस्थायी अनुमति दिने दक्षिणले योजना बनाएको बताइएको छ दुई देशबीचको वार्ता अन्तर्राष्ट्रिय सीमामा पर्ने असैनिक क्षेत्रको पानमुनजोम भनिने शान्ति गाउँमा भएको थियो । वार्तामा दुबै पक्षबाट पाँच जना उच्च अधिकारीहरु सहभागी थिए । दुबै देशका नेताले सिसिटिभी मार्फत ती कुराकानी नियालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?