महरामाथि एकीकृत रुपमा सूक्ष्म अनुसन्धन

काठमाडौं । यौन दुर्व्यवहार आरोपमा प्रहरी हिरासत रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि प्रहरी र सरकारी वकिल एकीकृत रुपमा अनुसन्धनमा जुटेका छन् ।

पीडित महिलाको जाहेरीका आधारमा अनुसन्धान गरी तथ्य पत्ता लगाउन अनुसन्धान थालिएको हो । महरा असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका हुन् ।

जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जीको अनुमति दिएपछि उनलाई हिरासतमा लिइएको थियो । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । ‘प्रहरी र सरकारी वकिलको समन्वयात्मक अनुसन्धान सुरु भएको छ।

अहिले घटनासम्बद्ध प्रमाण संकलन गरिँदै छ,’ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख चन्द्रकान्त खनालले भने, ‘अनुसन्धान सुरु भएको छ । कहिले सकिन्छ भनेर अहिल्यै भन्न सकिन्न ।’ अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?