२४ आश्विन २०७६, शुक्रबार ०७:४५

यस्तो छ चिनियाँ राष्ट्रपति सीको भ्रमण तालिका


प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार ०७:४५

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने बताएका छन् ।

बिहीबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा उनले भ्रमणमा तत्कालीन आवश्यकता र सहकार्यका विषयलाई पनि उत्तिकै महत्त्व दिने बताए ।

छलफलमा सहभागी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेपाल र चीनबीच लामो समयदेखि असल र प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपति सीको भ्रमणले आपसी सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा लगानीको ढाँचाबारे पनि छलफल गरिने जानकारी गराएका छन् । ‘हामी दीर्घकालीन हित र आवश्यकताका विषयमा पनि चीनसँग छलफल गर्छौं,’ ओलीले छलफलमा भनेका थिए ।कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ ।
यस्तो छ सीको भ्रमण तालिका

शनिबार
बेलुकी करिब ४:३० देखि ५:३० बजे सम्ममा त्रिभुवन विमानस्थलमा उत्रने
करिब ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट गर्ने
करिब ७:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने

आइतबार
करिब १०:३० बजे द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने
करिब १२:३० बजे नेपालको दुई दिने भ्रमण पूरा गरी स्वदेश फर्कने

प्रतिक्रिया दिनुहोस
विप्लवको राजनीतिक दस्तावेजमा सैन्य संरचना बनाउने निर्णयहरु भेटिए

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा लडाकु दस्ता (सैन्य संरचना) निर्माणको तयारीमा रहेको

महराले आरोप इन्कार गरे

निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको बलात्कार प्रयासको आरोप इन्कार गरेका छन् ।

ओलीको अभिव्यक्तिपछि प्रचण्डसँग दूरी बढ्यो

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू लक्षित अभिव्यक्ति दिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

ललिता निवास प्रकरणः गच्छदार पनि छानबिनमा तानिए

काँग्रेस उपसभापति एवम् संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितता प्रकरणको