दक्षिणी अफगानिस्तानमा बम बिस्फोट एक प्रहरीको मृत्यु, चार जना घाइते

एजेन्सी । देशको दक्षिणी प्रान्त हेलमाण्डमा सडक छेउमा भएको बम बिस्फोटमा एक अफगान प्रहरीको मृत्यु हुनुको साथै अन्य चार व्यक्ति घाइते भएका स्थानीय स्रोतले बुधबार बताएको छ ।

हेलमाण्ड प्रान्तको ग्रेशक जिल्लामा प्रहरीको एक कारनजिकै बम विस्फोट भएको थियो । यस विस्फोटमा एक जना प्रहरीको मृत्यु हुनको साथै दुई प्रहरी घाइते भएका हेलमाण्ड प्रान्तको गभर्नरका प्रवक्ताले पुष्टि गर्नु भएको थियो ।

यस आक्रमणमा अन्य दुई सर्वसाधारण घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?