यौनकाण्डमा मुछिए बेलौरी मालपोत कार्यालय प्रमुख: यस्ताे अवस्थामा भेटायो प्रहरीले

काठमाडौं । कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोज बहादुर ऐडी र ३४ बर्षीया महिलालाइ प‍हरीले पक्राउ गरेको छ । बेलौरी स्थित महिलाकै घरबाट कार्यालय प्रमुख ऐडीसहित विवाहित महिला पक्राउ परेका छन् ।

गएराति दुवैजनालाई इलाका प्रहरी कार्यालय बेलौरीले महिलाकै घरबाट शंकास्पद अवस्थामा पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर चन्दले महिलाका घर परिवारले दिएको उजुरीका आधारमा कार्यालय प्रमुख ऐडी र महिलालाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको बताउनु भएको छ। ‘हामीले उनीहरुलाई पक्राउ गरेका होईनौँ, ‘प्रहरी निरीक्षक चन्दले भन्नुभयाे, ‘उजुरीका आधारमा घटना बारे सोधपुछ गर्नका लागि मात्रै ल्याएका हौँ ।’ उनीहरुलाई एक रात हिरासतमा राखेर दुवैका परिवारलाई प्रहरीले ईप्रका बेलौरीमा बोलाएको छ ।

कहिले बेलौरी नगरपालिका प्रमुख कहिले मालपोत कार्यालय बेलौरीका प्रमुखको जिम्मेबारी पाएर काम गर्दै आएका ऐडी दसैं विदामा समेत घर गएका थिएनन् ।

उनीहरुमाथी कुन प्रकृतिको मुद्दा चलाउने वा दुवैलाई परिवारले जिम्मा दिने विषयमा बेलौरी प्रहरी अन्यौल परेको छ । डडेल्धुरा घर भएका उनी दसैंमा घर जान छाडेर ती विवाहित महिलाको घरमा भेटिएपछि घर परिवारले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?