टोखाबाट ११ जना जुवाडे पक्राउ

राजधानीको टोखाबाट प्रहरीले ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–११ स्थित पूर्ण लिम्बुको कोठामा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरुको साथबाट २ लाख १४ हजार रुपैयाँ र तास समेत बरामद गरेको वृत्तका डिएसपी उमेश लम्सालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?