चीनले भन्यो–राष्ट्रपति सीको नेपाल भ्रमण ऐतिहासिक हुनेछ

काठमाडौं । चीनले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको ऐतिहासिक हुने प्रतिक्रिया दिएका छन् । सीको नेपाल भ्रमणबारेको तालिका सार्वजनिक भएसँगै चीनले यस्तो प्रतिक्रिया दिएको हो ।

चीनका उपविदेशमन्त्री लुओ झाओहुईले राष्ट्रपतिको भ्रमण ऐतिहासिक भएको बताए । उनले भने, ‘यो ऐतिहासिक भ्रमण हो । यो भ्रमणले महत्व र प्रभाव पनि ऐतिहासिक नै हुनेछ ।’

लुओकाअनुसार सीको भ्रमणले नेपाल चीनबीचको द्वीपक्षीय सम्बन्धको राजनीतिक आधार अझ मजबुत बनाउनुका साथै बीआरआई अन्तरगतका विकास आयोजनाहरुको खाका पनि बन्नेछ ।

दुबै पक्षले बीआरआर सहकार्यलाई मजबुत बनाउने र ट्रान्स हिमालय बहुआयामिक कनेक्टिभिटी नेटवर्कलाई गति दिने समेत उपमन्त्री लुओले बताएका छन् ।

सीको भ्रमणका क्रममा बन्दरगाह, रेल र सडक सञ्जालबारे महत्वपूर्ण सहमति जुट्ने विश्वास समेत लिइएको छ ।
राष्ट्रपति सी शनिबार नेपाल आउने तय भएको छ ।

राष्ट्रपति तहमा २३ वर्षपछि चीनबाट नेपाल भ्रमण हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?