२२ आश्विन २०७६, बुधबार २०:४८

आईजीपीले लगाइदिए विजयादशमीको टीका (फोटोफिचर)


प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार २०:४८

काठमाडौं-प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारलाई विजयादशमी २०७६ का अवसरमा टीका लगाइदिएका छन् ।
विजया दशमीका अवसरमा टीका ग्रहण गर्ने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारलाई प्रहरी महानिरीक्षक खनालले सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।
सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती प्रमीला खनालले उक्त संघका पदाधिकारी एवम् सदस्यहरुलाई टीका लगाउनुको साथै टीका ग्रहणका लागि उपस्थितलाई जमरा र प्रसाद प्रदान गरिन् ।
टीका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
मिडिया हबले जिग्री-पाँडेविरुद्ध दियो यस्तो उजुरी !

काठमाडौं । मिडिया हवले ‘सक्किगोनी’ को टिमविरुद्ध उजुरी प्रहरीमा दिएको छ । नेपाल

काठमाडौंमा प्रहरीको ‘सर्च अपरेसन’ : १४ महिलासहित ३२ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रबाट प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ । महानगरीय

आलमले जिल्ला अदालत रौतहटमा बयान दिँदै

काठमाडौं । हत्या आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद अफताव आलमले आइतबार जिल्ला

मलेसियामा कार्यरत एक नेपालीको मृत्यु

काठमाडौं । रोजगारीका लागि मलेसिया जानुभएका दाङका एक व्यक्तिको मृत्यु भएको छ ।