२२ आश्विन २०७६, बुधबार ०८:२५

जनकपुरधाममा रावण बध गरियो


प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार ०८:२५

धनुषा । प्रत्येक वर्ष विजयादशमीको अवसरमा जनकपुरधाममा हुँदै आएको रावण बध कार्यक्रमसँगै यस वर्ष लङ्कादहन पनि गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले कृतिम लङ्का दहन गरेका हुन् । विजयदशमीको अन्तिम दिन मङ्गलबार साँझ रावणको प्रतिमा निर्माण गरी रावण बध कार्यक्रमको आयोजना गरिएको हो । १४ वर्षको वनवासपछि रावणसँग युद्धमा भगवान् रामले असत्यमाथि विजय प्राप्त गरेको खुशियालीमा जनकपुरमा रावण बध कार्यक्रम हुँदै आएको छ ।

स्थानीय महावीर युवा कमिटीको पहलमा पछिल्लो छ वर्षदेखि रावणवध कार्यक्रम भइरहेको छ भने यस वर्ष पहिलोपटक लङ्कादहन गरिएको हो । विगत वर्षझैँ यस वर्ष पनि जनकपुरस्थित धनुषसागर पोखरीको पूर्वी डिलमा रावणको प्रतिमा निर्माण गरी विभिन्न खाले फटकासहितको सामग्रीमा आगो लगाई दहन गरिएको छ । प्रतिकात्मकरुपमा तयार पारिएका मानवरुपी भगवान् रामले रावण बध र हनुमानले लङ्कादहन गरेका थिए ।

रावण बध कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले भगवान् रामको जीवन सङ्घर्षका साथ अगाडि बढेको स्मरण गराउँदै सङ्घर्षपछिको फल मिठो हुने गरेको बताए । रावण स्वयं विद्वान् रहे पनि सीता हरणका कारण भगवान् रामले बध गर्नुपरेको प्रमुख साहले बताए । भारतसम्म मात्र सीमित रहेको यो कार्यक्रम विगत छ वर्षदेखि जनकपुरमा समेत हुँदै आएको छ । गङ्गासागर र धनुषसागर पोखरीको बीचमा हुने रावण बध कार्यक्रम अवधिभर सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस
मिडिया हबले जिग्री-पाँडेविरुद्ध दियो यस्तो उजुरी !

काठमाडौं । मिडिया हवले ‘सक्किगोनी’ को टिमविरुद्ध उजुरी प्रहरीमा दिएको छ । नेपाल

काठमाडौंमा प्रहरीको ‘सर्च अपरेसन’ : १४ महिलासहित ३२ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रबाट प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ । महानगरीय

आलमले जिल्ला अदालत रौतहटमा बयान दिँदै

काठमाडौं । हत्या आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद अफताव आलमले आइतबार जिल्ला

मलेसियामा कार्यरत एक नेपालीको मृत्यु

काठमाडौं । रोजगारीका लागि मलेसिया जानुभएका दाङका एक व्यक्तिको मृत्यु भएको छ ।