ट्रम्प प्रशासनले दियो दुई लाख आप्रवासीलाई अमेरिका छाड्न आदेश

वासिंगटन, २५ पुस । ट्रम्प प्रशासनले अमेरिकाको एल साल्भाडोरका करिब दुई लाख आप्रवासीहरुलाई अमेरिका बस्ने र काम गर्ने अनुमति रद्द गर्ने निर्णय गरेको छ सन् २००१ मा मध्य अमेरिकी राष्ट्र एल साल्भाडोरमा लगातार आएको भूकम्पपछि यी आप्रवासीहरुलाई मानवतावादी कार्यक्रम टेम्पोररी प्रोटेक्टेड स्टेटस (टीपीएस) दिएको थियो उनीहरुलाई आगामी सन् २०१९ भित्र अमेरिका छाडेर फर्किन आदेश दिइएको छ । सो अवधिमा नफर्किएमा उनीहरुलाई पक्राउ गरेर फिर्ता पठाइनेछ । ट्रम्प प्रशासनले यसअघि नै हाइटी र निकारागुवाका हजारौं मानिसहरुलाई टीपीएस सुरक्षा फिर्ता लिएको छ एल साल्भाडोर नागरिकलाई दिएको सुरक्षा सोमबार सकिने थियो । आफ्नो देशमा आएको प्राकृतिक विपदका कारण अमेरिका गएका हुनीहरुश्र झण्डै दुई दशक आफ्नो प्रोटेम्टेड स्टेटस बनाउन सफल भए अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनसार उनीहरुलाई अमेरिकामा रहने कानुनी उपाय खोज्नका लागि ९ सेप्टेम्बर २०१९ सम्मको समय रहेको छ, अन्यथा अमेरिका छाड्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?