१७ आश्विन २०७६, शुक्रबार २२:०८

गाईसँग मिल्दोजुल्दो चुनाब चिन्न दिएकोमा राप्रपाको आपत्ति


प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार २२:०८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनाव चिन्ह “गाई”सङ्ग मिल्दोजुल्दो चिन्ह अर्को पार्टीलाई निर्बाचन आयोगले प्रदान गरेकोमा आपत्ति जनाएको छ।
आज पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख निर्बाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाएको छ। आफ्नो पार्टीको चुनाव चिन्ह सङ्ग मिल्दोजुल्दो “साँढे” चुनाव चिन्ह दिएकोमा पार्टीको आपत्ति रहेको तामाङले प्रमुख थपलियालाई बताए । आयोगले यो निर्णय सच्याउनु पर्छ -तामाङले भने ।
एउटा पार्टीको चुनाव चिन्हसङ्ग मिल्ने चिन्ह अर्को पार्टीलाई दिने बिषय अनुचित भएको तामाङले बताए । आगामी उपनिर्बाचनमा गाई सङ्ग मिल्दोजुल्दो गोरु, अर्ना, भैसी, घोडा जस्तो चुनाब चिन्हले मतदानमा अन्यौल हुने हुँदा यस बिषयमा निर्बाचन आयोगले उप निर्वाचन अघि नै निर्णय गर्नुपर्ने राप्रपाले जनाएको छ ।
राप्रपाको प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष तामाङ , प्रबक्ता सुशील श्रेष्ठ , सहायक महामन्त्री राजाराम बर्तौला र केन्द्रिय सदस्य बिजय खड्का थिए । प्रमुख आयुक्त थपलियाले यस बिषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको र सच्याउनु पर्ने पक्षहरुलाई सुधार गर्दै जाने प्रतिबद्धता ब्यक्त गरेको प्रतिनिधिमण्डलका सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कम्युनिष्टहरु एकै ठाउँमा आउनुपर्छ : मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले मुलुकको विकासका लागि नेपालका सबै कम्युनिष्ट शक्तिहरु

सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतले

सांसद रेशम चौंधरीलाई तत्काल रिहा गर्न आदिवासी जनजाति महासंघको माग

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग

घरमै पुगेर वृद्धभत्ता दिँदै जनप्रतिनिधि

काठमाडौं । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाका वडाध्यक्ष वीरेन्द्रबहादुर चन्दसहितको वडा