धर्म संस्कृतिप्रति उदासिन हुँदा विकृती बढ्यो – कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म संस्कृतिप्रति उदासिन हुँदा विकृती बढेको बताएका छन् ।

थापाले भने ” समाजमा भगवानको अस्तित्व स्विकार नगर्ने बढदो प्रवृत्ति तथा धर्मप्रतिको आस्था कमजोर हुँदै गएका कारण व्यभिचार, बलात्कार ,भ्रष्टाचार र अत्याचार बढदै गएको हो।त्यसर्थ,सनातन धर्म र संस्कृतिको रक्षा गरौं”। पार्टीको काठमाडौं जिल्ला कमिटीद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले धर्म संस्कृतीले मानिसलाई मर्यादा, आचारण, अनुशासन र जिम्मेवारीबोध गराउन ठुलो भूमिका खेल्ने विचार ब्यक्त गरे । भगवान सङ्ग डर नहुदा अन्याय ,अत्याचार र बढेको भन्दै थापाले चाढ पर्बहरुलाई मितब्ययी ढंगले आपसि सद्भाव, प्रेम र आत्मियता अभिवृद्धि हुने गरि मनाउनु पर्नेमा जोड दिए ।
धर्म, सस्कृति र पहिचान जोगाउन आवश्यक भएको कुरा जनतामा बुझाउने काममा दशै बिदालाई सदुपयोग गर्न समेत नेता कार्यकर्तालाई थापाले आग्रह गरे । गत निर्बाचनमा पार्टीको पराजयलाई “इख”को रुपमा लियर काम गर्नुपर्नेमा जोड दिदै थापाले आफन्त, परिवारजन र जनतामा रहेको भ्रमहरु चिर्नेगरी मेहनत गर्न समेत कार्यकर्ताहरुलाई भने । कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ ,प्रदेश-३ अध्यक्ष बिक्रम बहादुर थापा, प्रबक्ता भुवन पाठक , वरिष्ठ अधिबक्ता राजु बस्नेत , सिर्जना रानी बर्मा, प्रकाश रिमाल, नानू नगरकोटी, राधाकृष्ण श्रेष्ठ ,नबराज सिम्खडा लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?