महरालाई यस्तो कारबाही गर्दै नेकपा

सत्तारुढ दल नेकपाले प्रतिनिधिसभाको सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई अनुशासनको कारबाही गर्ने भएको छ ।
बलात्कारको आरोप लागेका महरालाई नेकपा सचिवालय बैठकले सभामुखर सांसद दुबै पदबाट राजीनामा दिन सुझाव दिएको थियो ।
मंगलबार बसेको सचिवालय बैठकले दुबै पदबाट राजीनामा दिन सुझाएपनि महराले सभामुख पदबाट मात्रै राजीनामा दिएका थिए ।
नेकपा एक सचिवालय सदस्यका अनुसार बैठकले दिएको सुझाव कार्यान्वयन नगरेकाले अब संसदीय दलको बैठकमा उनलाई नबोलाइने बताए । संविधानको कुन धाराअनुसार राजीनामा गरेको भन्ने कुरासमेत आफ्नो राजीनामापत्रमा उल्लेख नगरेको र पार्टीले दिएको सुझावसमेत नमानेकाले पार्टीले आवश्यक कारबाही प्रक्रिया अघि बढाउने नेकपा स्रोतले जनाएको छ ।
पार्टीको निर्णय नमानेकाले अनुशासनको कारबाही गर्ने स्रोतको दाबी छ। राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?