चीनमा अश्लील दृष्यका १० हजार घटना

बेइजिङ, २४ पुस – चीनमा गत बर्षभरि अर्थात् सन् २०१७ मा अश्लील सामग्रीसम्बन्धी १० हजार ३०० घटना भएका छन् अश्लील सामग्री प्रदर्शन तथा अवैध प्रकाशन विरुद्धको कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणमा यस्तो तथ्याङ्क देखिएको हो यस्ता गतिविधिमा संलग्न भएको अभियोगमा एक लाख २८ हजार वेबसाइट बन्द गरिएको छ भने प्रकाशित करोडौँ सामग्रीहरू मेटाइएकोे छ यसअवधिमा कार्यालयमा आम नागरिकको तर्फबाट एक लाख २१ हजार उजुरी परेका थिए कार्यालयले सार्वजनिक सुरक्षा र प्रतिलिपि अधिकार सम्बन्धी एक सय ४७ मुख्य घटनाबारे पनि कारबाही चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?