काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कृष्णबहादुर महरालाई कारबाही गरेर जनविश्वास आर्जन गर्न सरकारलाई सुझाव दिनुभएको छ ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्रनम्बर ३ ले बुधबार जोरपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेर जनविश्वास गुमाइसकेको सरकार र प्रहरी प्रशासनलाई महरा प्रकरण पुनः विश्वास आर्जन गर्ने अवसर भएको सिंहको भनाइ छ ।
नेता सिंहले देशमा कानुनी राज्य छ भन्ने स्थापित गर्नका लागि र निर्मला पन्तको केसमा गुमिसकेको विश्वास फेरि जगाउनका लागि यो काममा सरकार र प्रशासन लाग्नुपर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया