काठमाडौं – सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिन नेपाल आउने पक्का भएसँगै उपत्यकाको सडक मर्मत थालेको छ। यसअघि पनि सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बिमस्टेक सम्मेलन, तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी लगायत भिभिआइपी आउँदा उपत्यकाका सडक मर्मत गरेर चिटिक्क पारेको थियो।
चिनियाँ राष्ट्रपति अक्टोबर ११ देखि १४ सम्म जुनसुकै बेला आउन सक्ने भन्दै अहिले सडक विभाग तथा डिभिजन सडक कार्यालय काठमाडौंले हतार–हतार सडक मर्मत सुरु गरेका छन्। सडक विभागले भने चिनियाँ राष्ट्रपतिको सवारीलाई लक्ष्य गरेर नभई नियमित मर्मतसम्भार भन्दै आएको छ। सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले विदेशी पाहुनालाई लक्ष्य गरेरभन्दा पनि नियमित सडक मर्मत गर्ने योजना अनुसार काम गर्न लागेको बताए।नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया