नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालमाथि आक्रमण प्रयास

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालमाथि आक्रमण प्रयास भएको छ ।
तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि जानुभएका बेला उहाँमाथि आक्रमणको प्रयास भएको हो ।

सदरमुकाम दमौलीबाट रिसिङ गाउपालिका जाने बाटोमा नेकपा कार्यकर्ताहरुले रुख ढाल्नुका साथै ढुंगा राखेर अवरोध सिर्जना गरेको र आक्रमणको प्रयास गरेका हुन् ।
नेता रिजालले आफूमाथि नेकपा कार्यकर्ताहरुले हतियार र लाठीले आक्रमण गर्न खोजेको बताउनुभएको छ ।
“४–५ ठाउँमा रुख ढालेर, बाटोमा ढुंगा राखेर अवरोध सिर्जना गरेका थिए । हतियार, ढुंगा, लाठीसहित आक्रमण गरे,” उनले भने, “साथीहरुले जोगाउनुभयो । बचियो ।”

यसैबीच कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति जारी गरेर गाउँपालिका भवन उद्घाटनका लागि अतिथिलाई कुरेर बसेका लाखौ जनतामाथि अपमान गर्दै नेकपाका कार्यकर्ताले ‘मण्डले’ शैलीमा रिजाललाई अवरोध गरेको प्रतिक्रिया दिनुभएको छ । विज्ञप्तिमा “पञ्चायतका ‘मण्डले’ हरुको शैली अनुसरण गर्दै नेकपाका नेता-कार्यकर्ता फासीवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको घटनाको घोर भत्र्सना गरिएको उल्लेख छ ।

यो समाचार पनि पढ्नुहोस् ।

गगन थापाले भने–ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने कायरहरुबारे के टिप्पणी गर्नु ?
अभियन्ता ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट, कसले कुट्यो ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?