उपनिर्वाचनका लागि दलहरुलाई निर्वाचन चिन्ह प्रदान

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि दलहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।

बुधबार बसेको बैठकको निर्णय बमोजिम आगामी मंसीर १४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचन प्रयोजनका लागि आयोगले नेपालको संविधानको धारा २७१, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरी निर्वाचन चिन्ह प्रदान गरेको हो ।

आयोगमा दर्ता कायम भएका, २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तह सदस्यको पदको लागि निर्वाचनमा दर्ता नभएका, एकीकरण भएका, नाम परिवर्तन भएका र २०७४ सालको निर्वाचनपछि आयोगमा दर्ता हुन आएका राजनीतिक दलहरूलाई तीनै तहको सदस्यको उपनिर्वाचनको प्रयोजनको लागि दल दर्ताको लागि राजनीतिक दलहरूले आयोगमा दल दर्ताको लागि पेश गरेका निवेदन बमोजिम आयोगको निर्णयानुसार दल दर्ता गरी निर्वाचन चिन्ह निर्धारण गरेको छ ।

आयोगको निर्णयबाट दर्ता भएका साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), जनमत पार्टी (जपा), नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल, नेपाली काँग्रेस (वी.पी), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगाएतका राजनीतिक दल रहेका छन ।

निर्वाचन आयोगले मिति २०७६ साल मंसीर १४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गरी देहाय बमोजिमको निर्वाचन चिन्ह प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?