अपडेट : नवलपरासी दुर्घटनाका चार जनाको सनाखत

नवलपरासी । नवलपरासीका छुट्टाछुट्टै तीन स्थानमा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा २२ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
सोमबार राति १० बजे कावासोतीको खरकट्टा जंगलमा ट्रकले कारलाई ठक्कर दिँदा कारमा सवार पाँचै जनाको मृत्यु भएको हो । त्यमध्ये तीन जनाको सनाखत भएको छ ।

सनाखत हुनेमा देवचुली नगरपालिका–१ केउरेनीका ३५ वर्षीय दीपक भनिने पूर्णबहादुर विश्वकर्मा, दिलबहादुर ढेगा मगर र कैलालीको धनगढी–११ घर भई हाल देवचुली बस्दै आएका सुरज राना मगर रहेको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बररको कार कावासोती–८ स्थित खरकट्टा जंगल क्षेत्रमा ठोक्किको थियो ।

त्यस्तै, सोमबार राति नै दाङबाट काडमाडौंका लागि छुटेको ना ७ ख ८६४२ बस अरूणखोलामा दुर्घटना हुँदा मकवानपुर हेटौडाका बस चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको छ । तिमिल्सिनाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको हो । दुर्घटनमा १५ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यसैगरी मंगलबार विहान सुर्खेतबाट वीरगंजका लागि छुटेको ना ४ ख ९५१० नम्बरको बस चोरमारामा अनियन्त्रित भई पल्टिँदा सात जना घाइते भएको नवलपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?