पर्यटक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना गम्भीर घाइते

एजेन्सी । अमेरिकाको युटा राज्यमा पर्यटक सवार बस दुर्घटना हुँदा कम्तिमा ४ जनाको मृत्यु भएको छ । बाटो छेउको रेलिङ्गमा ठोक्किएर बस दुर्घटनामा परी कम्तिमा ५ जना गम्भीर घाइते भएका छन् । बसमा चिनियाँ पर्यटक सवार बस रहेका जनाइएको छ ।

दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको सरकारी अधिकारीले बताएका छन् । घाइतेलाई तीनवटा हेलिकप्टर तथा आपतकालीन उद्धारका सवारी साधन पुगेका थिए ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते तथा ज्यान गुमाउनेहरु सबै चिनियाँ रहेको जनाइएको छ । बसका चालक भने चिनियाँ मुलका अमेरिकी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?