नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को सचिवालय बैठक स्थगित भएको छ ।

प्रधानन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक प्रधानमन्त्री ओलीको व्यस्तता र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ रहेकाले स्थगित भएको हो ।

बैठक शनिबार दिउँसो ३ बजे बस्ने नेकपा स्रोतले जनाएको छ । नेकपाको एकताको काम धेरैजसो टुङ्गिए पनि प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगमा एकता बाँकी नै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?