नेपालको संविधान विश्वकै अनुपम दस्ताबेज : नेता नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्ताबेज भएको दावी गर्नु भएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ नेता नेपालले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्र भागमा राखेर नेपाली जनता आफैंले बनाएको नेपालको संविधान कार्यान्वयनमा इमान्दार भएर लाग्न पनि आग्रह गर्नुभयो ।
संविधान दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधान कार्यान्वयनमा सबैले समर्पित भएर लाग्ने बेला आएको पनि स्पष्ट पार्नुभयो ।

संविधानमा व्यवस्था भए बमोजिम तल्ला तहका निकायहरुले कानुन निर्माण गर्न सक्ने÷नसक्ने बहसको विषय भएपनि अहिले भने संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्ने वरिष्ठ नेता नेपालको भनाई छ ।

वरिष्ठ नेता नेपालले मुलुकलाई समृद्ध बनाउने संकल्पसहित आएको नेपालको संविधानलाई इमान्दारिताका साथ कार्यान्वयन गरेर अघि बढनुको विकल्प नरहेको पनि बताउनु भयो । उहाँले संविधान सभाबाट संविधान जारी गरेर नेपालले विश्वमै गर्व गर्न लायक काम गरेको पनि स्मरण गराउनुभयो ।
वरिष्ठ नेता नेपालले बालबालिका भोलीका भविष्यका कर्णधार भएकाले उनीहरुको शिक्षा, दीक्षाको उचित व्यवस्था गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । उहाँले देश गरिव भएकाले संविधानमा उल्लेख गरिए बमोजिम जनतालाई तत्काल सेवा, सुविधा दिने अवस्था नरहेको पनि बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?