स्वर्गिय नेता सिंहको स्मृतिमा यसरी सम्झिए प्रकाशले

काठमाडौं । नेपाली राजनीतिका लौहपुरुष एवम् २०४६ को जनआन्दोलनका कमाण्डर स्व गणेशमान सिंहको २२औँ स्मृति दिवसको अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनको आयोजनामा शोभाभगवतीमा माल्यार्पण गरिएको छ।

स्व सिंहको शालिकमा माल्यार्पण गर्दै नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको महत्वपूर्ण भूमिका रहेको समेत उल्लेख गर्नुभयो । साथै “स्व सिंह सङ्घर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्नसक्ने नेता भएको चर्चा गर्नुभएको छ।

“एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन स्व सिंहको महत्वपूर्ण योगदान रहेको स्मरण गर्न समेत अपिल आग्रह गर्नुभएको छ “। पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिष्टलाई एक ठाउँमा ल्याउन सिंहको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।

देशमा हाल रहेको दुईतिहाइको सरकारले जनताको भावना र मर्मअनुसार काम गर्न नसकेको आरोप लगाउदै वर्तमान सरकारले जनताको चाहना पूरा गर्न नसकेको धारणा समेत व्यक्त गर्नुभयो। पार्टीका पूर्वमहामन्त्री सिंहले नेपाली काङ्ग्रेस संस्थागतरूपमा अगाडि बढ्न नसकेको समेत बताउनु भयकोछ ।

साथै नेपाली कांग्रेस काठमाडौं तथा विभिन्न जिल्लाका पार्टी सभापति, नेता तथा कार्यकर्ताले स्व सिंहको सालिकमा माल्यार्पण गर्न पुग्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?