भारतमा ई–सिगरेट प्रतिबन्धित

काठमाडौं । भारतको केन्द्रीय मन्त्रिपरिषद् बैठकले ई–सिगरेटमा प्रतिबन्ध लगाएको छ । भारत सरकारले ई–सिगरेटको उत्पादन र बेचबिखनमा प्रतिबन्ध लगाएको हो ।
मन्त्रिपरिषद्ले ई–सिगरेटको उत्पादन र बेचबिखनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । ई–सिगरेटमा लगाइएको प्रतिबन्धका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ई–सिगरेटका साथ उपस्थित भएकी मन्त्री सीतारमणले ई–सिगरेटले स्वास्थ्यमा पुर्याउने खतराका बारेमासमेत जानकारी दिएको भारतीय सञचार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?