नेपालगञ्जबाट ढिला उडानको कारणबारे बोल्यो बुद्ध एयर, हुलहुज्जत हुँदा प्लेन ढल्कियो !

काठमाडौं । बुद्ध एयरले नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि हुलहुज्जत गर्दा त्यस दिनको उडान थप ढिला भएको स्पष्टीकरण दिएको छ ।

सोमबार नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकलाई पठाएको प्रष्टिकरणमा मन्त्रीलाई पर्खिँन केहीबेर पर्खन उडान रोकिएको बुद्ध एअरले जनाएको छ । तर मन्त्री आइसकेपछि विमानभित्रै एकै ठाउँमा भएको भिड र हुलहुज्जतका कारण विमान समेत एकातिर ढल्किएको थियो । ‘घटनामा मन्त्रीका सुरक्षाकर्मी र सहयोगीले देखाएको संयमताले गर्दा आक्रोशित समूहलाई समयमै साम्य पारी उडान गरिएको कुरा उल्लेख गर्दै उडानमा थप ढिलाई भएको कारण खुलाउँदै पत्रमा लेखिएको छ ।
भ्रष्टाचार विरोधी अभियन्ता भनिएका ज्ञानेन्द्र शाही र उनको समुहले जहाजभित्र मन्त्रीका कारण १ घन्टा पर्खाइएको दावी गरेका थिए । मन्त्री भट्टराईले भने आफ्ना कारण १५ मिनेट ढिलो भएको फेसबुकमार्फत स्पष्टिकरण दिनुभएको छ ।

पत्रमा उल्लेख गरिएअनुसार नेपालगञ्जबाट ६ः४० मा उड्नुपर्ने बिमान २४ मिनेट ढिला गरी ७ः०४ मा उडेको थियो । यसमध्ये ६(८ मिनेट हुलहुज्जतले गर्दा र बाँकी मन्त्रीले गर्दा ढिलाई भएको पत्रमा उल्लेख छ । यसअनुसार मन्त्री भट्टराईको दाबी र बुद्ध एयरको यो पत्र मेल खाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?