धर्मनिरपेक्ष राष्ट्र घोषणापछि हिन्दुहरुको आस्थामा पटकपटक खेलवाड भएको आरोप

नेपालगञ्ज । सामुहिक गाई हत्या गरेको विषयलाई लिएर नेपालगञ्जमा विरोध प्रदर्शन भएको छ । ओमकार परिवार, बाँकेको तर्फबाट आर्य समाज, नेपाल शिव सेना, हिन्द स्वयंसेवक संघ र पतञ्जली योगगपिठसम्बद्धले नेपालगञ्जमा स्वःस्फूर्त प्रदर्शन गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

बागेश्वरी मन्दिर परिसरबाट निस्केको प्रदर्शन जिल्ला प्रशासन कार्यालय, बाँकेमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएपछि सकिएको थियो । पदर्शनकारीले ‘गाई मार्न पाइँदैन, गाई मार्नेलाई कारबाही गर’ लगायतका नारा लगाएका थिए ।

उनीहरुले कान्जीहाउस व्यवस्थापन समितिसँग छलफल नै नगरी एकाएक गाई दैलेख किन लगियो ?, दैलेख लैजाने भनेर लगिएका गाईहरु सुर्खेतको कटकुवा जंगलमा झार्ने आदेश किन र कसले दियो ? लगायतको प्रश्न गरेका छन् ।

नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएदेखि हिन्दुहरुको आस्थामा पटकपटक खेलवाड हुने कार्य भइरहेको उनीहरुको भनाई छ ।

जिल्ला प्रशासन अगाडी प्रदर्शन गर्दै प्रदर्शनकारीहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?