आफ्नै पूर्व सल्लाहकारले जागिरसँगै मानसिक सन्तुलन गुमाएको ट्रम्पको आरोप

वासिंगटन, २० पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्व प्रमुख रणनितिकार स्टिभ ब्याननले जागिरसँगै मानसिक सन्तुलन गुमाएको आरोप लगाएका छन् एउटा विज्ञप्तिमा राष्ट्रपति ट्रम्पले ब्याननसँग आफ्नो वा आफ्नो पदको कुनै लिनुदिनु नरहेको र उनले ह्वाइट हाउसमा रहँदा आफूलाई महत्वपूर्ण व्यक्तिका रुपमा देखाउन सञ्चारमाध्यमहरुलाई सूचना चुहाएर समय बिताएको बताएका छन् ट्रम्पले रुसी अधिकारीसँग साँठगाँठ रहेको भन्ने आरोप सार्वजनिक रुपमा नै अस्वीकार गर्दै आएका छन् । यस विषयमा एउटा विशेष संयन्त्रले अनुसन्धान गरिरहेको छ हालै एउटा पुस्तकमा ब्याननलाई उदृत गर्दै राष्ट्रपति ट्रम्पका छोरा डोनल्ड ट्रम्प जुनिअर र एक रुसी समूहबीच अमेरिकी राष्ट्रपति चुनावको अभियानका क्रममा भएको भेटवार्ता देशद्रोहपूर्ण र मुलुक विरोधी भएको उल्लेख गरिएको थियो बीबीसीका एन्थोनी जर्चरले ब्याननका टिप्पणीमाथि राष्ट्रपति ट्रम्पले दिएको प्रतिक्रियाले एउटा नेता र उसको सैद्धान्तिक मार्गनिर्देशकबीचको सम्बन्ध समाप्त भइसकेको संकेत गरेको टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?