विमानस्थल सुधारकालागि यी हुन पर्यमन्त्री भट्टराईका २० बुँदे कार्ययोजना

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि २० बुँदे योजना सार्वजनिक गर्नुभएको छ । मन्त्री भट्टराईले सोमवार सार्वजनिक गरेको योजनामा त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाउनेदेखि ट्रान्जिट यात्रुका लागि सुविधा सम्पन्न लाउन्ज व्यवस्था गर्ने सम्मका विषय समेटिएका छन् ।

यस्ता छन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका योजनाः

  • यस विमानस्थललाई बुटिक अवधारणा अनुरुप रुपान्तरण गर्न तोकिएका कार्यहरु समयमै सम्पन्न गर्ने । 
  • यस विमानस्थलमा ब्यागेज क्लियरेन्सको कार्य ३० मिनेट भित्र सम्पन्न हुने व्यवस्था मिलाउने ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाउने ।
  • बायोमेट्रिक यात्रुजाँच प्रविधि र अनलाइन भिषा र  इ-पेमेन्टको प्रबन्ध मिलाउने ।
  • अध्यागमन सेवा, यात्रु लगेज सेवा र विश्रामस्थल लगायतका महत्वपूर्ण स्थानहरुको सी सी क्यामरा मार्फत प्रत्यक्ष निगरानी गर्ने र तत्काल पृष्ठपोषण र सुधार गर्ने प्रणाली विकास गर्ने ।
  • अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप आधारभूत सेवाको व्यवस्थापन र अनुगमन गर्ने ।
  • सेवाको गुणस्तरको मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था (ACI World) बाट ग्रेडिङ गर्ने । 
  • आन्तरिक उडान तर्फ सम्माननीय (Big Six) लाईमात्र सवारी साधन सहित विमान नजिक जान पाउने व्यवस्था  गर्ने । 
  • साथै, VIP Movement सम्बन्धी मापदण्ड परिमार्जन गर्ने । 
  • विमानस्थलबाट संचालन हुने पर्यटकीय सवारी साधनमा जीपीएस प्रणाली राख्ने व्यवस्था मिलाउने ।
  • पर्यटकीय ट्याक्सी चालकलाई निर्धारित पोशाक र व्यवहारगत तालिम दिने ।
  • डिजिटल प्रविधि समेतबाट पृष्ठपोषण लिने व्यवस्था गरी निरन्तर विश्लेषण तथा आवश्यक सुधार गर्ने । 
  • विमानस्थलभित्रका पसलबाट उपलब्ध हुने Food and Beverage को मूल्य निर्धारणको सुझाव दिन कार्यदल गठन गरी सुझाव प्राप्त गर्ने तथा कार्यान्वयन गर्ने ।
  • अन्तर्राष्ट्रिय प्रस्थान कक्षतर्फ Duty Free Shop को व्यवस्था गर्ने ।
  • नेपाल पर्यटन बोर्डको सूचना डेस्कमा धेरै पर्यटक आउने प्रमुख मूलुकका नागरिकले बोल्ने (अंग्रेजी, चिनिया र हिन्दी) भाषाका सहयोगी तथा सूचना ब्रोसर राख्ने । 
  • ट्रान्जिट यात्रुका लागि सुविधा सम्पन्न लाउन्ज व्यवस्था गर्ने ।
  • साझा यातायात एवम् पर्यटक यातायात संस्थाहरुसंगको छलफल एवं सहकार्यमा विमानस्थलबाट शहरका विभिन्न पर्यटकीय क्षेत्रमा सटल बस सञ्चालन गर्ने व्यवस्था मिलाउन सम्भाव्यताको अध्ययन गर्ने ।
  • Transit यात्रुलाई सहज हुनेगरी आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने बाटोलाई व्यवस्थित गर्ने । 
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्धन भण्डारणलाई भूमिगत (Underground) गर्न नेपाल आयल निगमलाई अनुरोध गर्ने र यसका लागि आवश्यक जमीनको प्रवन्ध नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?