उत्तर कोरियाले वार्ताका लागि खोल्यो ‘हटलाइन’

प्योङयाङ, १९ पुस- उत्तर कोरियाली नेता किम जोङ–उनको आदेशमा दक्षिण कोरियासँग वार्ताका लागि दुई वर्षअघि बन्द गरिएको हटलाइन पुनः खोलिएको छ दक्षिण कोरियाले उत्तर कोरियाबाट स्थानीय समयअनुसार ३ बजेर ३० मिनेटमा टेलिफोन प्राप्त भएको पुष्टि गरेको छ दक्षिण कोरियाका एकता मामिलामन्त्री चो–म्युङ ग्युनले भने, ‘बुधबार उत्तर कोरियाले स्थानीय समय अनुसार ३ बजेर ३० मिनेटमा फोन गरी दुई देशबीचको हटलाइन पुनः खुलाएको छ ।’उत्तर कोरियाली अधिकारीले दक्षिण कोरियासँगको हटलाइन पुनः खोलिएको टेलिभिजनमार्फत जानकारी गराएका थिए । उत्तर कोरियाली नेता किम जोङ –उनले सोमबार नयाँ वर्षको अवसरमा दिएको सन्देशमा आफू दक्षिण कोरियासँग वार्ताका लागि खुला रहेको बताएका थिए उनले आगामी फेब्रुअरीमा सोलमा हुने विन्टर ओलम्पिकमा उत्तर कोरियाली टोली पठाउनेबारेमा सोचिरहेको भन्दै दुई देशबीच उच्चस्तरीय वार्ताको आवश्यकता औल्याएका थिए सन् २०१५ को डिसेम्बरदेखि दुई देशबीच उच्चस्तरीय वार्ता हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?