ट्रकसँग बस ठोक्किदा ४८ जनाको मृत्यु

लिमा, १९ पुस । दक्षिण अमेरिकी राष्ट्र पेरुको डेभिल्स कर्भ भनिने सम्भावित दुर्घटना क्षेत्र एक ट्रकमा बस ठोक्किएर भएको दुर्घटनामा परी ४८ जनाको मृत्यु भएको छ ट्रकसँगको ठक्करपछि बस पहाडबाट तल खसेको बताइएको छ । पेरुका अधिकारीहरुले हुआचोबाट ५५ यात्रु लिएर राजधानी लिमा आइरहेका बेला दुर्घटना भएको जनाएका छन् बस पहाडबाट १ सय मिटर तल खसेर समुद्रको किनारमा रहेको चट्टानमा बजारिएको थियो । सो घटनामा ४८ जनाको मृत्यु भएको पेरुको गृहमन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?