अफगानिस्तानमा सन् २०१७ मा ४ लाख ४५ हजार नागरिक विस्थापित

काबुल, १९ पुस । अफगानिस्तानमा जारी द्वन्द्वको कारण सन् २०१७ मा मात्र ४ लाख ४५ हजार भन्दाबढी सर्वसाधारण विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वयसम्बन्धी कार्यालयले बुधबार दिएको जानकारी अनुसार यस वर्ष ती नागरिक विस्थापित भएका छन् अफगानिस्तानमा जारी द्वन्द्वमा जनवरी सन् २०१७ को १ देखि ३१ डिसेम्बर सम्ममा ४ लाख ४५ हजार ३३५ नागरिक विस्थापित भएका जारी विज्ञप्तिमा जनाइएको छ पूर्वी अफगानिस्तानबाट आन्तरिक रुपमा विस्थापित हुने व्यक्तिहरुमा करिब १ लाख ४० हजार २०५ रहेका छन् भने त्यसमा १ लाख २३ हजार ५३८ जना नान्गाहार प्रान्तका मात्र रहेका जनाइएको छ नान्गाहार प्रान्तको पनि खोग्यानी जिल्लाबाट ६४ हजार ५१३ सर्वसाधारण विस्थापित भएका पनि जारी सो विज्ञप्तिमा जनाइएको छ अफगानिस्तानमा सन् २००१ बाट जारी द्वन्द्वको क्रममा भएको कमजोर सुरक्षा अवस्थाको कारण १० लाख भन्दा बढी सर्वसाधारण विस्थापित भईसकेका पनि राष्ट्रसंघले जानकारी दिएको छ यी विस्थापितमध्ये के कति आन्तरिक रुपमा र कति बाह्य रुपमा विस्थापित भएका छन् भन्ने बारेमा भने केही बताइएको छैन यी १० लाखमध्ये केही व्यक्ति विस्थापित भएर शरणार्थीका रुपमा विदेशिएको पनि तथ्यांक रहेको बताइएको छ । तर सो सङ्ख्या के कति हो भन्ने बारेमा यकिन भने भएको छैन जारी द्वन्द्वसँग सम्बन्धित हत्या हिंसाहरुमा गत बर्षको सुुरुबाट नौ महिनाभित्र २ हजार ६४० व्यक्तिको मृत्यु हुनुको साथै ५ हजार ३७० व्यक्ति घाइते भएका अफगानिस्तानको लागि संयुक्त राष्ट्र संघीय मिसनले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?