काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूले स्वास्थ्यलाभको कामना गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको बताउनुभएको छ । प्रधानमन्त्री आज सिंगापुर जानुअघि आफूले दिएको स्वास्थ्यलाभको कामनालाई ओलीले अस्वीकार गरेको नेता नेपालको भनाई छ । आफूले स्वास्थ्यलाभको कामना गर्दा प्रधानमन्त्री ओलीले तपाईँको शुभकामना चाहिँदैन भनेर जवाफ फर्काएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि बिहीबार सिंगापुर जानुभएको छ ।
नेकपाको सचिवालय बैठकले वरीयतामा परिवर्तन गर्र्दै नेता नेपाललाई झलनाथ खनालभन्दा पछि राखेपछि उहाँ पार्टी नेतृत्वसँग असन्तुष्ट रहँदै आउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया