काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आतंकवादी समुद इस्लामिक स्टेट (आईएसआईएस)लाई नष्ट गरिने बताउनुभएको छ । काबुलमा हिजो आइतबार ६३ जना भन्दा धेरैको मृत्यु हुनेगरी आईएसआईएसका लडाकुले गरेको हमलाको भोलिपल्ट राष्ट्रपति घानीले कडा चेतावनी दिनुभएको हो ।
काबुलस्थित एक विवाह समारोहमा आईएसआईएसका लडाकुले हिजो गरेको हमलामा ६३ को मृत्यु भएको थियो । अन्य एक सय ८२ जना घाइते भएका थिए । पश्चिम काबुलको सिया हजारा समुदायलाई लक्षित गरी हमला भएको हो । रष्ट्रपति घानीले हमलाको बदला लिएरै छाड्ने दाबी गर्नुभएको छ ।
राष्ट्रपतिले हरेक मृतकका रगतका थोपा–थोपाको बदला लिने उल्लेख गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया