डोकलाम समस्या समाधानमा महत्वपूर्ण भूमिका खेलेका गोखले भारतीय विदेश सचिव नियुक्त

नयाँ दिल्ली, १८ पुस । भारतको नयाँ विदेश सचिवमा वरिष्ठ कूटनीतिज्ञ विजय केशव गोखले नियुक्त भएका छन् वर्तमान विदेश सचिव एस जयशंकरको पदावधि यही जनवरी २८ मा सकिएपछि गोखलेले पदभार ग्रहण गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ सन् १९८१ मा अधिकृतबाट भारतीय विदेश सेवामा प्रवेश गरेका गोखलेले यसअघि चीनका लागि भारतीय बिशेष दूत भएर काम गरिसकेका छन् । उनी भारतीय बिदेश मन्त्रालयको आर्थिक सम्बन्धतर्फका सचिव थिए उनले गत वर्ष डोकलाम विवाद समाधानका लागि उनले महत्वपूर्ण भूमिका खेलेका थिए । डोकलाम विवाद उत्कर्षमा रहेका बेला उनले भारत र चीनलाई वार्ताको टेबलमा ल्याउन सफल भएका थिए एस जयशंकर सन् २०१५ को जनवरी २९ मा भारतीय विदेश सचिवमा नियुक्त भएका थिए । गत वर्ष उनको कार्यकाल १ वर्ष थप गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?